कोरोना नियन्त्रणकाे उपायबारे छलफल गर्न मोदीले बोलाए मन्त्रिपरिषद् बैठक
एजेन्सी । भारतमा कोरोना महामारी तीव्र गतिमा फैलिएपछि नियन्त्रणका उपायबारे छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिपरिषद् बैठक डाकेकाे भारतका सन्चारमाध्यमहरुले जनाएकाे छ ।
भारतीय सन्चारमाध्यमका अनुसार बैठकमा केन्द्रीय सरकारका मन्त्री मात्र नभई अन्य जिम्मेवार प्रतिनिधि तथा राज्यमन्त्रीसमेत सहभागी हुनेछन्। भर्चुअल माध्यमबाट हुने बैठकमा द्रुत गतिमा फैलिरहेको कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल हुनेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार बैठकमा प्रधानमन्त्री मोदीले विभिन्न राज्यमा महामारीको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिने तथा समीक्षा गर्नेछन्। अस्पतालमा बेड, अक्सिजन, खोपलगायत आवश्यक उपचार व्यवस्थाबारे पनि छलफल हुनेछ।