मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए
बुटवल । लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित गएर मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का ४ जना प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा सदस्यबाट मुक्त गरिएकाे छ ।
प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट मुक्त गरिएकाे सूचना प्रदेश सभाले सार्वजनिक गरेकाे छ ।
जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट हटाएको जानकारी आएकोले पदमुक्त गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनद्वार हस्ताक्षरित सूचनामा उल्लेख गरिएकाे छ ।
हाल प्रदेश सभा बैठक नभएको हुनाले उनीहरुलाई पदमुक्त गरिएको सूचना टाँस गरिएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि जसपाका ४ सांसद मन्त्री बनेका थिए।
मन्त्री बनेका ३ जनाले अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेका छन्।