पार्टी निर्णयप्रति प्रतिवद्ध छु : जनमाेर्चा सांसद शाही
काठमाडौं। गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका छन् । बिरामी भएको भन्दै संसदबाट गायब भएपछि राष्ट्रिय चर्चामा रहेका सांसद शाहीले आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका हुन् ।
उनले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै रहेको जनाएका छन् । उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहमति रहेको जनाउँदै प्रतिबद्धता कायमै रहेको जनाएका हुन् ।
हेर्नुहोस् सांसद शाहीको स्पष्टीकरण-