विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा वार्षिक परीक्षा गर्न सक्ने
काठमाडौँ । विद्यालय तहको परीक्षा विद्यालय आफैले आन्तरिक मूल्यांकनका आधार गर्न सक्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
कक्षा ८, १० र १२ कक्षा बाहेकको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले विद्यालय आफैले आन्तरिक मुल्यांकनका आधारमा वार्षिक परीक्षा गर्न सक्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । विद्यालयले आफ्नो अनुकुलतामा वार्षिक परीक्षा आन्तरिक मुल्यांकनको आधारमा गर्न सक्ने उनको भनाइ छ ।
भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिनसक्ने अवस्था नरहेकोले नयाँ शैक्षिक सत्र शुरू हुन अगावै विद्यालयले आन्तरिक मुल्यांकनका आधारमा परीक्षा गरेर नतिजा प्रकाशन गर्न सक्ने जनाईएको छ ।