चितवनमा बिहिबार रातीदेखि बैशाखभर निषेधाज्ञा (निर्णयसहित )
चितवन । चितवनमा भोलि (बिहीबार) राति १२ बजेबाट निषेधाज्ञा लागु हुने भएको छ ।
आज बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेकाे अध्यक्षतामा बसेकाे जिल्ला काेभिड १९ संकट व्यवस्थापन केन्द्रकाे बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरेकाे हाे ।
निषाेधाज्ञा बैैशाख १६ गते रातिदेखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अति आवश्यक कामवाहेक कोही घरबाहिर ननिस्कने तथा जथाभावी हिँडडुल नगर्ने, सबै प्रकारका सभा सम्मेलन तथा गोष्ठी, तालिम, सेमिनार जात्रा, महोत्सव सञ्चालन, सिनेमा हल पाटी प्यालेस, दोहोरी रेष्ट्ररेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, संग्रहालय, फिटनेस सेन्टर, जिमखाना, हेल्थ क्लव, स्पा, ब्युटिपार्लर, सैलुन, टेलरिङ, स्विमिङ पुल, फुटपाथ पसल, शैक्षिक गतिविधिमा रोक लगाएको हो ।