गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान

निरन्तर न्यूज
१५ बैशाख २०७८, बुधबार १५:०५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने भएको छ ।

सोमबारबाट सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिएपछि मतदान हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । अहिले प्रदेशसभा बैठकमा बहश चलिरहेकाे एक सदस्यले जानकारी दिए ।

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्रीविरुद्ध यही वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

अविश्वासको प्रस्ताव पास भएमा प्रस्तावित मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*