वाग्मतीमा मन्त्रिपरिषद् विस्तार गरिँदै, आजै शपथग्रहण

निरन्तर न्यूज
१५ बैशाख २०७८, बुधबार १४:०१

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री पौडेलले तीन जनालाई मन्त्री र एकजना राज्यमन्त्रीको जिम्मेवारी प्रदान गर्न लागेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्य सचेतक केशवराज पाण्डे, अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल र दोलखाकी सांसद सरस्वती बस्नेतलाई मन्त्री तथा धादिङका सांसद रामकुमार अधिकारीलाई राज्यमन्त्रीको जिम्मेवारी प्रदान गर्न लागिएको छ ।

स्रोतका अनुसार पाण्डेलाई आन्तरिक मामिला तथा योजना, नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण र बस्नेतलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्रदान गर्न लागिएको छ । अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी मुख्यमन्त्री कार्यालयको रहेको छ । शपथ आजै दिउँसो ४ बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्तासागै तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरुमा राज्यमन्त्रीको समेत व्यवस्था गर्ने गरी प्रदेश सरकार पुनर्गठन गरिएको बुझिएको छ । गत पुस १० गते आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएपछि मन्त्रालयहरु मन्त्रीविहीन थिए । तीनैवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेलले सम्हालिरहेका छन् ।

वागमती प्रदेशमा एमालेको एकल बहुमत रहेको छ । कुल ११० सांसद रहेको वाग्मतीमा एमालेको ५७ सांसद रहेका छन् । इकान्तिपुरमा सुवास बिडारीले लेखेकाे खबर साभार गरिएकाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*