हवाई उडान खुल्ला तर, देशभरका विद्यालय बन्द

निरन्तर न्यूज
१४ बैशाख २०७८, मंगलवार ०८:०६

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको बैठकले कोभिड-१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)को सिफारिस अनुसार निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार भौतिक उपस्थितिमा हुने पढाई बन्द भए पनि विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

बैठकले सीसीएमसीको सिफारिसअनुसार पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई-मधेस तथा हकमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने गरी बाटो खोलेको छ ।

बैठकले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय गरेको छ । तर अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा अनिवार्यरुपमा राख्नु/बस्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*