प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण भएसँगै बैठक स्थगित
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभाका ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।
प्रदेशसभाको पाँचौ अधिवेशन गत चैत ३० गतेबाट शुरु भएको थियो । सोही दिन पहिलो बैठक बस्दा १० वैशाखमा दोस्रो बैठक बसेको थियो ।
वैशाख १४ गते मंगलबार तेस्रो बैठक बस्ने मिति तय भएपनि तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
पाँचौ अधिवेशन शुरु भएपछि प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रक्रिया शुरु भएको छ ।