काठमाडौं उपत्यकामा बैशाख १६ रातिदेखि निषेधाज्ञा
काठमाण्डाैँ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गते राति १२ बजेदेखि लागु हुने गरि एक साताकाे लागि निषेधाज्ञा जारी गरेकाे छ ।
काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आजकाे बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रले कोरोना भाइरसको संक्रमण तीव्र भएकाे तथा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो । यस्तै बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित भएपछि लकडाउन गर्न पनि भनेको थियो ।