मन्त्रिपरिषद बैठक बस्दै, कोरोना नियन्त्रणका लागि थप निर्णय हुनसक्ने
काठमाडौं । कोरोना संक्रमणको ग्राफ बढिरहेको सन्दर्भमा आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
आजको मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा सरकारले थप निर्णय गर्न सक्ने एक मन्त्रीले बताए ।
हिजो नै कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सुझावहरु सरकारलाई दिएको थियो भने आजदेखि सञ्चालन हुने पूर्व निर्धारित परिक्षाहरु स्थगित गरेको थियो ।