फेरी उठ्यो धरहरा, प्रधानमन्त्री ओलीबाट उद्घाटन
काठमाण्डाैँ । चार वर्ष अघि आएको भुकम्पबाट क्षतिग्रस्त बनेको धरहरा पूननिर्माण पछि उद्घाटन भएको छ । पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।
शनिबार पुनर्निर्मित धरहराको प्रवेशद्धारमा राखिएको शिलालेखको प्रधानमन्त्रीले अनावरण गरि ऐतिहासिक धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पछि प्रधानमन्त्रीले लिफ्टबाट धरहराको २० औ तलामा पुगेर पुष्पवृृष्टी गरेका थिए ।
२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुर्ननिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते “मेरो धरहरा मै बनाउँछु” अभियानको घोषणा गरेका थिए ।
२०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलन्यास गरिएको पुनर्निर्मित धरहराको शनिबार प्रधानमन्त्री ओलीबाट नै समुद्घाटन भएको हो ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिईएको थियो । धरहराको २२ औै तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंङ्ग राखिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव मणिराम गेलालले धरहरा निर्माण एउटा रुपान्तरण पनि भएको बताए । यसअघि धरहरा ऐतिहासिक पहिचानका रुपमा चिनिएकोमा अब भने पहिचान सहितको स्पेसबाट प्लेस बनाएकोले सामाजिक रुपान्तरण पनि भएको बताए ।
१९९० सालको महाभुकम्पनले क्षति पुर्याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो । त्यसपछि ९ तलामा नै सिमिति राखेर पुर्ननिर्माण गरिएको थियो । तर अहिले भने बाहिरबाट देखिदाँ ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ । जमिन मुनि २ तला बनाइएको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्राम स्थल सहितको बगैचाको हुनेछ भने संक्षित ऐतिहासिक सुनधारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाईएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङको पनि व्यवस्था छ ।