श्रमजिवीहरुकाे हितमा कार्य गर्ने संगठन ‘वाइसिएल’

निरन्तर न्यूज
१२ बैशाख २०७८, आईतवार ०९:१४

थाहा। योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय सचिब प्रकाश पाण्डेले श्रमजीवीहरुको हितमा कार्य गर्ने संगठन वाइसिएल मात्र भएको बताउका छन्उ ।

शनिबार बिकास घरमा सम्पन्न वाइसिएल नेपाल मकवानपुरकाे थाहा नगर भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि पाण्डेले युवाहरु अहिलेकाे बैज्ञानिक समय अनुसार प्राविधिकरुपमा समेत अगाडी हुनुपर्ने धारणा राखेका छन् ।

नेकपा माओबादी केन्द्र बागमती प्रदेश सदस्य  समेत रहेका नेता पाण्डेले युवाहरुलाई वायुकाे संज्ञा दिएका छन् ।

नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले समाजलाई उन्नत बनाउन युवाको भुमिका महत्त्वपूर्ण हुने बताएका छन्उ । नेता बिष्टले पार्टी र युवाबिच नङ र मासु जस्तो सम्बन्ध हुनुपर्ने बताए ।

भेलाले मानसिं दोङको अध्यक्षता मा ४१ सदस्यीय योङ कम्युनिष्ट लिग नेपाल थाहा नगर कमिटिको गठन गरेको छ ।

नवगठित कमिटिको उपाध्यक्षहरु उत्तम थापा, दिवाकर गोपाली, संग्राम बिष्ट, सचिबहरु युवराज बिष्ट, कोषाध्यक्षमा देवकी तामाङ, तथा सहसचिबहरु कृष्ण मान लो, राजीब बिक्रम खड्कालाई चयन गरेकाे छ । त्यस्तै कमिटिकाे सदस्यहरुमा सुबिन्द्र गोपाली, युवराज थिङ, रबि कार्की, अरुण मोक्तान, पुर्ण थिङ, कुमार रायमाझी, मनिष अधिकारीलगायत चयन भएका छन् ।

भेलामा नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य तथा थाहा नगर इन्चार्ज लक्ष्मण बिष्ट, सह इन्चार्ज जयराम रायमाझी, इन्द्रसरोवर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य बिनोद कुमार लामा, थाहा नगर अध्यक्ष अरुण रायमाझी, वाइसियल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, मकवानपुर अध्यक्ष राजकुमार मोक्तान, एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर अध्यक्ष मनोज रायमाझीलगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*