आजबाट मकवानपुरका सबै पर्यटकीय स्थलहरु बन्द हुने

निरन्तर न्यूज
१२ बैशाख २०७८, आईतवार ०८:०९

हेटौंडा । आजबाट मकवानपुर जिल्लाभरमा रहेकाे सबै पर्यटकीय स्थलहरु बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्युनिकरणका लागि आजबाट बैशाख मसान्तसम्म पर्यटकीय स्थलहरु बन्द गर्न लागेको सूचना अधिकारी देबचन्द्र गर्तौलाले जानकारी दिनुभयाे ।

सूचना अधिकारी गर्तौलाका अनुसार जिल्ला भित्रका पार्क तथा पिकनिक स्पोटहरु बन्द गर्नको लागि प्रशासनले सम्बन्धीतलाई पत्र पठाईसकेको  बताएका छन्छ ।

यससँगै मकवानपुरको हेटौंडाको सहिद स्मारक,पुष्पलाल पार्क,गुम्बाडाँडा,१०८ धारा, भीमफेदीको त्रिखण्डी,मकवानपुरको मकवानपुरगढी दरबार क्षेत्र लगाएत जिल्लाका पर्यटकीय स्थलहरु आजबाट बन्द हुने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*