ओलीले गठन गरेकाे एमालेकाे नयाँ स्थायी कमिटीमा खनाल-नेपाल समूहका नेताहरु अटाएनन्

निरन्तर न्यूज
१० बैशाख २०७८, शुक्रबार १६:३३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ स्थायी कमिटी गठन गरेका छन् ।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।

ओलीले गठन गरेको स्थायी कमिटीमा बामदेव गाैतम सहित १७ जना सदस्य छन् । पछि थप्ने गरी बनाइएको नयाँ कमिटीमा खनाल-नेपाल समूहबाट एकजना पनि सदस्य राखिएको छैन ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमारसँगै उक्त समूहका कुनै नेतालाई पनि नराखी ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन् ।

स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

अटाएनन् नेपाल खनाल समूहका स्थायी कमिटि सदस्यहरु 

नवौं महाधिवेशनबाट निर्वाचित एमालेको स्थायी कमिटीमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल अटाएका छैनन् । त्यसैगरी युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भूसाल, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई  सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुजी पन्त सहित पदेन स्थायी कमिटी सदस्य अमृत बोहोरा समेत कसैलाई पनि स्थायी कमिटीमा राखिएको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*