कांग्रेस सभापतिसँग जसपा नेताद्वयको भेटवार्ता

निरन्तर न्यूज
३१ चैत्र २०७७, मंगलवार २०:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का नेताद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादबबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न जसपा संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष यादव बूढानीलकण्ठ पुगेका थिए । भेटमा नयाँ सरकार गठनबारे छलफल भएको एक नेताले जानकारी दिए ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको कांग्रेसका सभापति देउवाले केही दिन पहिले तीन दलको बैठक राखेर धारणा मागेका थिए । त्यसपछि जसपाका पदाधिकारीहरुबीच दुई दिन छलफल भए पनि कुनै निर्णय हुन सकेको छैन ।

भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पक्षमा रहेका पनि पार्टीमा निर्णय गराउन सकेका छैनन् । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्वादमा छन् ।

उनीहरुले जसले माग सम्बोधन गर्छ, उसैलाई सम्बोधन गर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पनि मुद्दा फिर्ता लगायतका माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । अनलाइनखबरबाट साभार गरिएकाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*