मन्त्रीपरिषद बैठककाे निष्कर्ष : तत्काल कुनै बन्दाबन्दी नहुने, परिस्थिति हेरेर निर्णय लिइने

निरन्तर न्यूज
३१ चैत्र २०७७, मंगलवार ०७:३९

काठमाडौं । सरकारले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको ठहर गर्दै स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने निष्कर्ष निकालेको हो ।

बैठकले शनिबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल गरेको थियो । तर, बैठकले तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्ष निकाल्न नसकेको स्रोतले बताएको छ ।

सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो । सीसीएमसीको सो प्रस्ताव आएलगत्तै सरकारले सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको थियो ।

तर प्याब्सनलगायतका विभिन्‍न संघस‌गठनहरु नै विद्यालय बन्दको पक्षमा रहेका छैनन् । उनीहरुले भने जनस्वास्थ्यका मापदण्डलाई जारी गरेर विद्यालय खोल्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*