बकैयामा विभिन्न पार्टी परित्याग गरी ५ सय जना भन्दा बढि नेपाली काँग्रेस प्रवेश
हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ५ सय ३४ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
शुक्रबार बकैया–६ स्थित सहिद स्मृति पार्कमा भएको पार्टी प्रवेश तथा भेला कार्यक्रममा नेकपा माओवादी, एमाले र राप्रपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली काङ्ग्रेस बकैयाको गाउँ भेला तथा पार्टी प्रवेश कार्यक्रममा राजन घिमिरे, प्रकाश वाईबा, बिजय थिङ, सुनिल दर्लामि मगर, अन्जन कुमार लामिछाने, माधब कुमार बाँनिया, शेर बहादुर राणा लगायत प्रवेश गरेकाे गाउँपालिका सभापति भुमिनन्द गाैतमले जानकारी दिए ।
नेपाली कांग्रेस बकैया गाउँपालिका सभापति भूमिनन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नव–प्रवेशीहरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष बुद्ध लामा, सल्लाहकार रिता खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।