अब कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने

निरन्तर न्यूज
२१ चैत्र २०७७, शनिबार ०७:०९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने भएको छ । शुक्रबार कांग्रेसका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको राजीनामा माग्ने सहमति बनेको हो । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने सहमति बनाएको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक रोकेर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफल भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी बैठकमा अब यही एजेन्डा प्रवेश गरेको छ । कांग्रेसभित्र सरकारको पक्ष र विपक्षमा देखिने गरी दुई समूह रहँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*