बैशाखमा निर्वाचन गराउन मकवानपुर उद्याेग बाणिज्य संघ बाध्य
हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन २०७८ बैशाख १८ गते हुने भएको छ । संघको आज बसेको कार्यसमिति बैठकले नया“ मिति तय गरेको हो । संघको ५४ औं वार्षिक साधारण सभाको कार्यक्रम भने बैशाख १५ गते हुने भएको छ ।
यस अघि २०७७ चैत्र २१ गते वार्षिक सभा र २३ गते निर्वाचन कार्यक्रम तय गरेको संघले २०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भेला, गोष्ठी, सभा, एबम् भीडभाड हुने कार्यहरु नगर्न सूचना गरेकाले स्थगित गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट कोभिड संक्रमण बढ्न नदिन स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर सभा तथा निर्वाचन कार्यक्रम गर्न सकिने आशयको पत्राचार भएकोले नया“ मिति तय गरिएको संघले जनाएको छ ।