परराष्ट्रमन्त्रीस्तरीय विमस्टेकको बैठकमा किन उठेन म्यानन्मारकाे घटना ?
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औँ परराष्ट्रमन्त्रीस्तरीय बैठकमा म्यान्मारमा भइरहेको नरसंहारबार कसैले कुरा नउठाएको भन्दै आलोचना भएको छ ।
विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटानका परराष्ट्रमन्त्रीहरुले यसबारे कुनै कुरा नै राखेनन् । उनीहरुले पूर्वनिर्धारित विमस्टेकको एजेन्डामाथि नै आफ्ना भनाइहरु राखे ।
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भारतका विदेशमन्त्री एस. जयशंकरसहित अन्य सदस्य मुलुकका विदेशमन्त्रीहरुले निर्धारित एजेन्डामै विमस्टेकका सदस्य राष्ट्रहरुबीच सहकार्य गर्नेलगायतबारे आफ्नो धारणा राखेका थिए ।
म्यान्मारमा एक महिनाअघि माघ १९ गते जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सैनिक ‘कु’ गरिएको थियो । यसबीचमा महिला, बालबालिका, विद्यार्थी, वृद्ध गरी पाँच सयभन्दा बढी बर्मेली नागरिकको हत्या भएको छ ।