हिमालयनलाई हराउँदै सर्लाही सेमिफाइनलमा, आज जावलाखेल र जनजागृति भिड्ने
हेटाैँडा। पूर्वी मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपको मंगलबार भएको खेलमा बागमती युवा क्लब सर्लाहीले ३-२ गोल अन्तरले हिमालयन शेर्पा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेकाे छ ।
जनता माबिको खेल मैदानमा भएको खेलको २७ औं मिनेटमा सर्लाहीका तर्फबाट जर्सी नम्बर १२ का म्याक्सकोलले गोल गर्दै सर्लाहीलाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ३२औं मिनेटमा बिमल घिसिङले १ गोल गर्दै टिमलाई दाेब्बर अग्रता बनाए ।
खेलको दोस्रो हाफको पहिलो गोल हिमालयन शेर्पाका जर्सी नम्बर १७ का रबि रानाले गरे । त्यस लगतै सर्लाहीका तर्फबाट ५६ औं मिनेटमा जर्सी नम्बर २३ का मास कोइलले थप एक गोल गर्दै ३ गाेलकाे स्काेर बनाए ।
जर्सी नम्बर ११ का बन्तमान राईले ६० औं मिनेटमा गरेको थप १ गोल गरि हिमालयनलाई ३-२ काे अन्तर बनाउन सफल भए । तर अन्त सम्म याे नतिजालाई हिमालयनले बराबरी गर्न नसक्दा अन्तत: खेलकाे बिजेता सर्लाही बन्न पुग्याे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सर्लाहीका बिमल घिसिङ म्यान अफ दी म्याच घोषित भए। उनले ५ हजार रुपैयाँ प्राप्त गरे।
सर्लाहीले एपीएफ र थ्रीस्टार बीचको बिजेता सँग सेमिफाइनलमा सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत आज १८ गते बुधबार जावलाखेल युथ क्लब,ललितपुर र नव जन जागृती युवा क्लब सिमरा बीच हुने आयोजकले जनाएको छ ।