ओलीले गरेको कारबाही नमान्ने र अलग पार्टी पनि नबनाउने : खनाल–नेपाल समूह
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले दुई नेतामाथि भएको कारबाही नमान्ने निर्णय गरेको छ । आज बसेको यो समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीमा समानान्तर गतिविधिलाई कायमै राख्ने, तर अलग पार्टी नबनाउने निर्णय गरेको छ ।
नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरु छलफलमा सहभागी भएका थिए । मंगलबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय विधान विपरित भएको निष्कर्ष निकालेको छ ।
यस्ता कार्य पार्टीभित्र विचार र संगठनबारे छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजनलाई छिन्नभिन्न गर्ने दुराशयकै परिणाम भएको नेपाल समूहले निकालेको वक्तव्यमा भनिएको छ ।