अरुण बर्तौलाकाे नेतृत्वमा अनेरास्ववियु मकवानपुर(नेपाल-खनाल पक्ष) गठन
हेटाैँडा । नेकपा एमाले (नेपाल–खनाल पक्ष) काे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववीयु) मकवानपुरले जिल्ला कमिटी गठन गरी आज घोषणा गरेको छ ।
अनेरास्ववीयु मकवानपुरले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी ८१ जना जिल्ला कमिटी गठन गरेको जानकारी गराएको हो ।
अनेरास्ववीयुका केन्द्रिय सचिव किशोर टण्डनको उपस्थितीमा जिल्ला कमिटीसहित स्थानिय पालिका र क्याम्पसका संयोजक र सह–संयोजकको टुंगो लगाएको हो ।
अनेरास्ववियु मकवानपुरको जिल्ला कमिटीको अध्यक्षमा अरुण बर्तौला र सचिवमा आकाश अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै, कमिटीको उपाध्यक्षमा शिशिर पराजुली, अमृत बर्तौला, सह–सचिवमा कृष्ण चन्द्र पुरी, जोशिना बर्तौला, निर्मल सापकोटा, एसके शर्मा कडेल, उज्ज्वल बर्तौलालगायतले जिम्मेवारी पाएका छन् ।
त्यस्तै, अनेरास्ववीयु मकवानपुर बहुमुखी क्याम्पसको संयोजक मनिष गौतम र सह–संयोजकमा विश्वास पराजुली, हेटौँडा क्याम्पसको संयोजकमा अन्जन खड्का, वन विज्ञान अध्ययन संस्थानको संयोजकमा विमल सापकोटा, मनहरी बहुमुखी क्याम्पसको संयोजकमा कुमार घिसिङ्ग, निर्मल बहुमुखी क्याम्पसको संयोजकमा कल्पना ब्लोनलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिकको संयोजकमा सुपेन लामा, मनहरी गाँउपालिकाको संयोजकमा वाशु बर्तौला, राक्सिराङ गाँउपालिकाको संयोजकमा यानेन्द्र थिङ्ग, कैलाश गाँउपालिकाको संयोजकमा मनिष बतौला, थाहा नगरपालिकाको संयोजकमा मनिष लामा, ईन्द्रसरोवर गाँउपालिकाको संयोजकमा रमा देवकोटा, भीमफेदी गाँउपालिकाको संयोजकमा सुदन विश्वकर्मा, मकवानपुरगढी गाँउपालिकाको संयोजकमा ईन्द्रप्रसाद लम्साल र बकैया गाँउपालिकाको संयोजकमा शंकर लामालाई जिम्मेवारी दिइएको छ ।