आयोजकलाई हराउँदै सिमराको बिजयी शुरूवात : बागमती गोल्डकप

निरन्तर न्यूज
१३ चैत्र २०७७, शुक्रबार २०:०४

हेटौंडा ।मकवानपुरको बागमतीमा सुरु चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा नव जनजागृति युवा क्लब सिमराले बिजयी शुरुवात गरेको छ । बागमती-८ जनता माबिको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकलाई १:३ ले हराउदै सिमराले बिजयी सुरुवात गरेको हो ।

सिमराको जितमा दोस्रो हाफको १६ र २३ औं मिनेटमा जर्सी नम्बर १८ का एलोन राइले दुई गोल गरे । त्यस्तै थप एक गोल भने १४ नम्बर जर्सि सुशान्त तामाङले २८ औं मिनेटमा गरे । आयोजकका तर्फबाट जर्सी नम्बर १२ का उमेश लोप्चनले दोस्रो हाफको ३० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता लिएका थिए । तर आयोजकको लागि १ गोल मै चित्त बुझाउन पर्यो ।
खेलको म्यान अफ दि म्याच जर्सी नम्बर १८ का एलोन राई घोषित भएका छन् । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत १५ गते आइतबारको खेल रिगल हेटौंडा रिसोर्ट र एपीएफ नेपाल एपिएफ काठमाडौबीच हुने आयोजकले जनाएको छ ।

खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र ) स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा( प्रभाकर)ले गर्नु भएको हो । फाइनल खेल चैत्र २३ गते हुनेछ । खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगितामा उद्घाटन खेलमा करिब ५ हजार जनाले खेलको अवलोकन गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।

नगद १ लाखबाट सुरु गरिएको यो खेलमा समयसापेक्ष पुरस्कार राशि बढाउदै आएको छ । प्रतियोगिताको पुरस्कार राशि यसवर्ष केही बढाइएको छ । गतवर्ष बागमती गोल्डकपको तेस्रो संस्करणको विजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गरेका थिए । उपविजेता हुने समूहले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले गत वर्षको तुलनामा प्रथम पुरस्कारमा २ लाख र द्वितीय पुरस्कारमा १ लाख रुपैयाँ थप गरेको हो ।

स्थानीय खेलाडी उत्पादन गर्ने र उनीहरुको सीप र कौसलतालाई प्रोत्साहन गर्ने मुख्य उदेश्यले प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको खेलकुद बिकास समितीका अध्यक्ष भिम राइले बताए ।

तेस्रो बागमती गोल्ड कपको उपाधी र दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले पोल्टामा पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*