लाेकतन्त्रणकाे आडमा सत्तापक्ष र प्रतिपक्ष मिलेर ब्रम्हलुट मच्चाए : कमल थापा
हेटाैँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले लाेकतन्त्रकाे आडमा सत्तापक्ष र प्रतिपक्ष मिलेर देशमा ब्रम्हलुट मच्चाइरहेकाे आराेप लगाएका छन् ।
राप्रपा मकवानपुरकाे जिल्ला परिषद् बेठकलाई सम्वाेधन गर्दै अध्यक्ष थापाले १४ वर्षदेखिकाे गलत राजनीतिक अभ्यासले देशलाई डरलाग्दाे भ्रष्टाचारकाे दलदलमा फसाएकाे बताएका छन् । पूर्व उपप्रधानमन्त्री थापाले अपबित्र गठबन्धन भन्दा पनि देश ताजा जनादेशमा जानुपर्ने बताएका छन् । याे सरकार जनताकाे उत्पिडन विपरीत रहेका भन्दै नेता थापाले राजा सहितकाे प्रजातन्त्र नै देशकाे उत्कृष्ट व्यवस्था रहेकाे बताएका छन् ।
नेपालमा लगातार रुपमा धर्म संस्कृतिप्रति याेजनाबद्ध र संगठितरुपले प्रहार गरिरहेकाे कारण बिदेश चलखेल प्रभाव तिब्र बढेकाे नेता थापाले बताए । नेता थापाले देशकाे बलीयाे राष्ट्रवादी शक्ति बनाउन उपस्थित सबैमा अनुराेध गरेका छन् ।
कार्यक्रममा राप्रकाका नेताहरु पूर्व मन्त्री बुद्धिमान तामाङ, बिक्रम पाण्डे तथा दिपक बहादुर सिंह राजारा बर्ताैला गणेश थापा मधु अधिकारी, दामाेदर वाग्ले सिताराम बर्ताैला अम्बिका खतिवडा इन्दिरा पाठक लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा विगतदेखि राप्रपामा याेगदान गर्नेहरुलाई अध्यक्ष थापाले दाेसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै कार्यक्रममा बिभिन्ा पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापा लगायत अतिथिहरुले स्वागत गरेका थिए ।
विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापा लगायत अतिथिहरुले स्वागत गरेका थिए । कार्यक्रममा भजन मण्डलीले खैचडी भजन प्रस्तुत गरेर मनाेरन्जन प्रदान गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका प्रदिप काेइराला, नेकपा एमालेका अणराज जर्गामगर सहित युवा, महिला, बिद्यार्थी लगायत राप्रपा निकट भातृ संगठनका नेतृत्वहरुकाे समेत आतिथ्यता रहेकाे थियाे ।
सागर थापाले सन्चालन गरेका कार्यक्रमकाे सभाध्यक्ष कार्यवाहक अध्यक्ष शिवराम थापा रहेका थिए ।