रेशम चौधरीलाई तुरुन्त रिहाइ गर : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको तुरुन्त रिहाइको माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले शुक्रबार बिहान टुईट गर्दै चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गरेका हुन् ।
भट्टराईकाे भनाई :
रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर!थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर!यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो!यो क्षणिक सत्तास्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस!