ओलीलाई हटाउन काँग्रेस अघि बढे जसपाले सघाउने : अध्यक्ष यादव

निरन्तर न्यूज
१३ चैत्र २०७७, शुक्रबार १३:१७

बुटवल । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी सत्तामा नजाने बताएका छन् । शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा यादवले ओलीलाई पदबाट नहटाएसम्म प्रतिगमनको खतरा कायमै रहेको बताएका हुन्।

उनले ओलीलाई तत्काल पदबाट हटाउनका लागि कांग्रेस अघि बढे जसपाले समर्थन गर्ने बताउँदै उनले भने, ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनै पर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ ‘त्यसका लागि कांग्रेस अघि बढोस्, हामी समर्थन गर्न तयार छौं ।’

उनले ओली नेतृत्वको सरकारमा आफूहरु सहभागी नहुने बताउँदै उनले भने, ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ । हामी ओली सरकारमा जाँदैनौं ।’

जसपाभित्र दुई धार देखिएको चर्चा भइरहेका बेला उनले मुद्दा खारेजी र बन्दी रिहाइबारे सरकारसँग छलफल भएको तर सत्ता साझेदारी हुन नसक्ने स्पष्ट पारे ।

प्रेस मंचका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष टाेपराज शर्माकाे अध्यक्ष्यतामा संचालन भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय प्रचार बिभाग प्रमुख डम्बर खतिवडा, लुम्बिनी प्रदेश सह ईन्चार्ज वकिल मुसलमान, कमल खनाल , नवीन सुनुवार, प्रदेश अध्यक्ष अशाेक यादव, प्रदेश मुख्य सचिव यज्ञ पाेखरेल लगायत जसपा नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*