बागमती प्रदेश समन्वय परिषदको तेश्रो बैठक हेटाैँडामा

निरन्तर न्यूज
१३ चैत्र २०७७, शुक्रबार १२:२६

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणका लागि तीनै तहका सरकारबीच आपसी सहयोग र सहकार्य जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश समन्वय परिषदको तेश्रो बैठकलाई बिहिबार हेटौंडामा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले समृद्धिका लागि संविधानको मर्म अनुसार तीनै तहका सरकारबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले राज्य संघिय व्यवस्थामा गईसकेकोले तिनैवटै सरकारले आपसी सहयोग र सहकार्य गर्र्दै कार्य गर्नुपर्ने बताउनुभयो । केन्द्र, प्रदेश र स्थिानीय सरकारले एकआपसमा सहयोग र सहकार्य गर्दै कार्य गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले समिद्ध नेपाल सुखी नेपालीको अभियानलाई मुर्तरुप दिन समेत तिनैवटा सरकारको भुमिका ज्यादै महत्वपुर्ण रहेको बताउनुभयो । केन्द्र, प्रदेश र स्थिानीय सरकार बिच केही विषयहरुमा मतभेद रहेता पनि तिनवटै सरकारको उदेश्य, लक्ष्य र कार्य एउटै भएकोले सहयोग र सहकाय गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिता तथा योजनामन्त्री कैलाश ढुङ्गेलले तीन तहका सरकारबीचमा राम्रो समन्वयको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले समग्र विकासको अवधारणा अनुसार काम गरिरहेको भएपनि गरेका कामको प्रचार प्रसार गर्न जरुरी हरेको बताउनुभयो ।

भौतीक पुर्वाधार विकासमन्त्री रामेश्वर फुँयाललले सरकारले गरेका कामको जनतासम्म पु¥याउँदै तीनै तहबीचमा सहमन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले सरकारले गरेको कामको प्रतिफल जनताले अनुभस ितगर्न थालेको बताउनुभयो । उहाँले सबैको प्रहल तथा प्रयत्नबाट समृद्ध नेपाल निर्माण हुने हुँदा सबैको अपनत्व हुनेखालका काम गर्न जरुरी रहेको बताउनुभयो ।

बैठकमा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिक्षा, स्वास्थय र व्यवसायिक कृषि प्रदेश सरकारको प्राथमिक्तामा पर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले ठुला र स्थानीय सरकारले साना योजनामा काम गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले ठुला र देखिने खाल प्रकृतिका कामलाई प्राथमिक्ता दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले एकिकृत एने बन्नुपर्ने तथा तीनै तहका सरकारले सामाजिक क्षेत्रमा ध्यान दिन सके मात्र समृद्ध र समुन्नत नेपाल निर्माण हुने हुँदा त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकले बागमती प्रदेश समन्वय परिषद्को बैठकको कार्यविधि पेश र पारित गर्नुका साथै परिषदको पहिलो र दोस्रो बैठकका निर्णय कार्यान्वयनको समीक्षा गरिएको थियो । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तिय आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तिय संघियताको बारेमा प्रतुति गर्नुभएको थियो । भने, प्रदेश सरकारवाट सम्पादन भएका मुख्य कार्यहरुको प्रगतिका बारेमा प्रदेश सचिव राधिका अर्याल र प्रदेश र स्थानीय तहवीच समन्वय र अन्तरसम्बन्ध कायम गर्नुपर्ने विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाटा प्रस्तुतिकरण गरिएको थियो । साझा सन्देशबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*