पत्रकार महासंघ सदस्यको नामावली सच्याउन प्रेस मञ्‍चको आग्रह (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
११ चैत्र २०७७, बुधबार ०६:१६

काठमाडौं । जनता समाजवादी पार्टी निकट पत्रकारहरुको संगठन ‘प्रेस मञ्च नेपाल’ले नेपाल पत्रकार महासंघले सोमबार सार्वजनिक गरेको सदस्यहरुको नामावली महासंघको विधानविपरीत रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ ।

प्रेस मञ्चले महासंघका अध्यक्ष र महासचिवले भोटको राजनीतिबाट प्रेरित भएर महासंघ अन्तर्गतका शाखाहरुले गरेको सर्वसम्मत निर्णयहरुलाई समेत बाइपास गरी सदस्यहरुको नामावली सार्वजनिक गरेको भन्दै उक्त कार्यप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

प्रेस मञ्चका महासचिव निमेष कर्णले आज एक प्रेस विज्ञप्ति जारी नामावली नसच्याए महासंघको निर्वाचनलाई नै अवरोध गर्ने गरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महासंघले प्रदेश र जिल्ला शाखाहरुलाई विधानले नै दिएको निर्णय गर्ने अधिकारलाई उल्लंघन गरी नामावली सार्वजनिक गरेकोमा प्रेस मञ्चले आपत्ति जनाएको हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*