मकवानपुर उद्याेग बाणिज्य संघकाे निर्वाचन स्थगित, लबिङ र दाैडधुप गर्नेहरुकाे गृहकार्यमा फुलस्टप

निरन्तर न्यूज
११ चैत्र २०७७, बुधबार ०५:४९

हेटाैँडा । साधारण सभा र निर्वाचनकाे प्राय सबै तयारी पुरा गरिसकेकाे मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । २०७७ चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्ति र २०७७ चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी सुचनाको परिपालना गर्दै सम्पूर्ण कार्यक्रम स्थगित भएको हो ।

मंगलबार बसेको संघको कार्यसमिति बैठकको निर्णयानुसार वार्षिक सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । संघले परिस्थिति अनुकुल भएपश्चात उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन सम्पन्न गर्ने जनाएको छ ।

जिल्लाका व्यवसायीलाई राजनितीक पार्टीकाे कित्तामा राखेर प्रत्यक्ष वा पराेक्षरुपमा लबिङ गरिरहेका नेतृत्वहरु समेतले गरेकाे दैनिक दाैडधुपमा यतिबेला फ्ल स्टप लागेकाे छ ।

कोभिडको नया“ संक्रमण थप प्रभावशिल र जोखिमपूर्ण हुने हुनाले संघले उद्योगी÷व्यवसायी तथा आम सर्वसाधारण सचेत हुन र सुरक्षा सावधानीको सम्पूर्ण मापदण्डहरु परिपालना गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*