वन कार्यालय डढेलाे नियन्त्रणकाे सूचना मात्र बजाउँछ, सय मिटर नजिककाे वनमा समेत ध्यान दिदैन

निरन्तर न्यूज
११ चैत्र २०७७, बुधबार ०५:३८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय, धेरैजसो मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिभिजन वन कार्यालय हेटौंडाको कार्यालय छ । हेटौंडा–२ कै सुन्दर सामुदायिक वनमा दुइदिन सम्म लगातार जंगलमा आगलागी भयो ।

यही वनकै फेदमा प्रदेश सरकार, संघीय सरकार र जिल्ला स्तरका धेरै सरकारी कार्यालय छन् । माथी जंगलमा लगातार आगलागी भयो । तर, वनमा आगो नियन्त्रण गर्ने जिम्मा समेत पाएको डिभीजन वन कार्यालय हेटौंडाले डढेलो नियन्त्रण गरांै भनेर सूचना बजाउनु भन्दा अरु केही गरेन । आफ्नै कार्यालय माथीका जंगल दुइदिन सम्म डढेलोले सखाप पार्दा समेत रमिते वनेर बसेको छ ।

डढेलो नियन्त्रणका लागि प्रयास भने भएको तर, कार्यान्यनमा थोरै समस्या आएको डिभिजन वन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्यायले वताउनुभयो । स्थानीय सामुदायिक वनका पदाधिकारी र सदस्यहरु पनि डढेलो नियन्त्रण गर्नका लागि सक्रिय नहुँदा यो समस्या आएको उहाँले वताउनुभयो । वरपरका वनमा आगलागी नियन्त्रणका लागि सबै एक भएर काम गर्नुको सट्टामा स्थानीयले जंगलमा हिड्नेक्रममा आगो लगाउँदा अहिलेको समस्या आएको उपाध्यायले वताउनुभयो । गाउँपालिका स्तरका धेरै जगंलमा आफुले भोगचलन गर्नका लागि पनि आगलागी भएको उहाँले वताउनुभयो ।

दुइदिन सम्म आगलागी हुँदा समेत आगलागी नियन्त्रणका लागि नेपाली सेना, ससस्त्र प्रहरी, जनपथ प्रहरी सहितलाई आगलागी नियन्त्रणका लागि आग्रह समेत गरेन । वन रक्षकलाई समेत आगलागी नियन्त्रणमा खटाएन । डिभिजन वनले आगलागी नियन्त्रणका सम्वन्धमा बैठक बसेर भत्ता वितरण गर्नु भन्दा अरु केही पनि गर्न सकेन ।

सुन्दर सामुदायिक वनमा आगलागी हुँदा स्थानीय वासिन्दाहरु रातभरी अनिदो छन् । धेरै जना आगलागी निण्न्त्रण गर्न जंगलमा बसे । तर, वन कार्यालयको वेवास्ता रहेको हेटौंडा–२ चौकीटोलका वासिन्दाहरु वताउँछन् । वन कार्यालय नजिक रहेको वनस्खण्डी सामुदायिक वनमा पनि आगलागि निरन्तर भयो । हेटौंडा–१ को भैरवडाँडामा पनि निरन्तर दुइदिन सम्म आगलागी भएको छ । तर, नियन्त्रणमा प्रयास समेत भएन ।
यी त डिभिजन वन कार्यालय वरपरका जंगलमा आगलागी भएका घटना मात्र हुन् । तर, हेटौंडाका एक दर्जन भन्दा बढी वडाका जंगलमा र मकवानपुरका अरु नौ वटै स्थानीय तहका जंगलमा आगलागी भएको छ ।

आगलागी वस्ती नजिक आउन थालेपछी बल्ल स्थानीयहरु आगो निभाउन जाने र नत्र नजाने समस्याका कारण धेरै जंगलमा आगोले गर्दा जंगल सखाप पारेको छ । कही कतै पनि आगलागी नियन्त्रणका लागि वन कार्यालय र मातहतका कार्यालयले यसको नियन्त्रणमा कामनै गरेन ।
ज्ांगलमा आगलागी हुँदा बोटबिरुवा नष्ट हुनेसंगै जंगली जनावर, चराचुरुङ्गी समेतको भागाभाग भएको छ । घना जंगल उराठ लाग्दो भएका छन् । जंगलमा आगलागी भएपछी अहिले जनावर देख्न पनि समस्या भएको छ । चराका वासस्थान नष्ट भएपछी थप समस्या भएको छ ।

डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमानाथ पौडेल अरुबाट भएका कमी कमजोरी फोटो र भिडियो सहित आफ्नो फेसबुकमा राख्दे आएका छन् । तर, आफ्नै नेतृत्वमा कार्यालय माथीतिरको जंगलमा दुइदिन सम्म आगलागी हुँदा नियन्त्रण गर्नुको सट्टा कानमा तेल हालेर बसेका छन् । जनपत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*