पत्रकार महासंघ मकवानपुर अध्यक्षमा ४ जनाकाे उम्मेदवारी
हेटाैँडा । नेपाल पत्रकार महासंघकाे चैत्र २५ गते हुने गैरहेकाे निर्वाचनकाे लागि मकवनपुर शाखामा ४ जना अध्यक्ष र एकजना उपाध्यक्षले आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् ।
मणाीराज गाैतम (अध्यक्ष पदकाे उम्मेदवार)
नेपाल प्रेस युनियनकाे तर्फबाट मणिराज गाैतमले सर्वप्रथम आफ्नाे उम्मेदवारी घाेषणा गरेका हुन् । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष तथा प्रेस युनियन मकवानपुरका उपाध्यक्षसमेत रहेका गाैतमले आफुलाई मत दिएर बिजयी गराउन जिल्लाका पत्रकारहरुलाई अनुराेध गरिसकेका छन् ।
डेढ दशकदेिख बिशेषत रंग पत्रकारितामा दख्खल राख्ने गाैतम यस अघि पत्रकार महासंघ मकवानपुर शाखाकाे काेषाध्यक्षकाे भुमिका सकुशल निर्वाह गरिसकेका छन् । गाैतम हिट हेटाैँडा अनलाइन टिभि, सिधाखबर डट कमका सन्चालक समेत हुन् ।
ध्रुब अधिकारी (अध्यक्ष पदकाे उम्मेदवार )
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आगामी नेतृत्वका लागि प्रेस सेन्टरकाे तर्फबाट ध्रुव अधिकारीकाे उम्मेदवारी घाेषणा गरेकाे छ ।
दुई दशकदेखि मकवानपुरे पत्रकारितामा क्रियाशिल अधिकारी प्रेस सगठनको प्रदेश सदस्य, प्रेस सेन्टर मकवानपुरको सल्लाहकार, शिक्षा पत्रकार समूह वाग्मती प्रदेशका अध्यक्ष, खेलकुद पत्रकार मञ्च मकवानपुर, गढी पत्रकार समाजको सल्लाहकार समेत रहेका छन् । बाइलाइन नेपाल डटकम र हेटौंडा खबरपत्र साप्ताहिकको सम्पादक, राजधानी दैनिकको मकवानपुर संवाददाता रहेका अधिकारीले हेटौंडा सन्देश दैनिकसहित जिल्लाका विभिन्न सञ्चारमाध्यममा सम्पादकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
संगठनबाट नेतृत्व गर्ने अवसर पाएका अधिकारीले महासंघलाई सबै श्रमजीवी पत्रकारको साझा थलोका रुपमा विकास गर्ने बताएका छन् । आसन्न निर्वाचनमा सबै पक्षसँग सहकार्य गरेर महासंघमा नेतृत्वसहित एउटा काम गर्ने उर्जाशिल टिम लैजान प्रयास गर्ने उनले प्रतिक्रिया दिए । महासंघको संस्थागत विकासदेखि श्रमजीवी पत्रकारको हकहित हुँदै स्वरोजगारमूलक सञ्चार माध्यमलाई बलियो बनाउनेलगायतका योजनासहित पत्रकारको माझ पुग्ने र कार्यान्वयन गर्ने प्रतिवद्धता अधिकारीले जनाएका छन् ।
बालकृष्ण अधिकारी (अध्यक्ष पदकाे उम्मेदवार)
नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी चैत्र २५ गते हुने निर्वाचनमा प्रेस चौतारी (केपी पक्ष) बाट बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् । चाैतारीका बागमती प्रदेश सदस्य समेत रहेका अधिकारी विगत १५ बर्ष पत्रकारितामा कृयािशल रहेका छन् ।
कान्तिपुर टेलिभिजनकाे मकवानपुर सम्वाददाता रहेका अधिकारी कानुन व्यवसायी समेत हुन् । कालाे काेट पहिरीसकेका अधिकारी महासंघमा कानुनी परामर्शसहित शाखाले मागेकाे कानुनि सल्लाह सुझाव तथा परामर्श दिदै आएका छन् । अधिकारीले महासंघको निर्वाचनमा आफुलाई विजयी गराउन अपील गर्दै घाेषणा पत्र समेत सार्वजनिक गरिसकेका छन् ।
राजन दाहाल ‘रसिक’ (अध्यक्ष पदकाे उम्मेदवार)
नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनमा महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा प्रेस चाैतारी (माधव-खनाल पक्ष) बाट राजन दाहाल ‘रसिक’ ले उम्मेदवारी दिएका छन् ।
१५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहालले हेटौंडा सन्देश दैनिक, रेडियो पालुङ, आदर्श समाज दैनिक पोखरा, सौर्य दैनिक, कमाण्डर पोष्ट, आर्थिक समाचार दैनिकमा काम गरिसक्नुभएको छ ।
एक दशकदेखि एभिन्युज टेलिभिजनमा मकवानपुर संवाददाताको रुपमा कार्यरत दाहाल अहिले अनलाईन खबरमा समेत काम गरिरहनुभएको छ । हेटौंडाबाट प्रकाशित भईरहेको थाहा दैनिकका प्रकाशक/सम्पादक दाहाल खेलकुद पत्रकार मञ्च मकवानपुरको अध्यक्ष समेत हुनुहुन्छ । पत्रकार महासंघ मकवानपुरका पूर्व सचिव समेत रहनुभएका दाहाल श्रमजिवी पत्रकारहरुको रक्षाका लागि जुनसुकै भूमिका निभाउन तयार रहने बताउनुहुन्छ । दाहाल प्रेस चौतारीका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज समेत हुनुहुन्छ ।
तिलक अधिकारी उपाध्यक्ष पदकाे उम्मेदवार
यसैगरि पत्रकार महासंघ मकवानपुरकाे उपाध्यक्षमा तिलक अधिकारीले उम्मेदवारी दिने भएका छन् ।
खासगरी श्रमजीवी पत्रकारका मुद्दा र महासंघको गरिमा बढाउनको लागि आबश्यक क्रियाकलाप गर्ने एजेन्डा रहेकाे अधिकारीले बताएका छन् । साथै, साना लगानीका मिडिया जोगाउने र मोफसलमा रहेर पत्रकारिता गर्न सक्ने वातावरण बनाउनका निम्ति मेरो योगदान रहने बताएका छन् ।
याे समाचार तयार पार्दासम्म ४ जनाले अध्यक्ष पद र एक जनाले उपाध्यक्ष पदकाे लागि आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् ।