अधिवेशनमा सहभागि हुन राप्रपाका तीनजना अध्यक्ष हेटाैँडा आउने

निरन्तर न्यूज
१० चैत्र २०७७, मंगलवार १०:१०

हेटाैँडा । आगामी चैत्र १३ गते हेटौंडामा हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको जिल्ला अधिवेशनमा सहभागी हुन राप्रपाका तीनैजना अध्यक्ष हेटौंडामा आउने भएका छन् ।

जिल्ला अधिवेशनमा राप्रपा अध्यक्ष कमल थापा, पशुपति समशेर राणा र प्रकाशचन्द्र लोहनीले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे राप्रपा मकवानपुरले जनाएको छ ।

राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष शिवराम थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अधिबेशन तयारीको निमित्त विभिन्न समितिहरु गठन गरी जिम्मेवारी तोकेको छ । शिवराम थापाको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ भने आर्थिक समितिमा गुञ्जन बहादुर न्यौपाने, कार्यक्रम तयारी तथा व्यवस्थापन समितिमा खिल प्रसाद चौलागाईं, अनुगमन समितिमा सिताराम बर्तौला, जनपरिचालन समितिमा गुरु प्रसाद सापकोटा, प्रचार–प्रसार समितिमा ज्ञानेन्द्र ढुंगेल, आवास–भोजन समितिमा सागर थापा, मञ्च व्यवस्थापन तथा सजावट समितिमा दामोदर वाग्ले, स्वागत समितिमा इन्दिरा पाठकलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

बैठकले संघीय निर्वाचन क्षेत्र नम्बर १ र प्रदेश क, ख को परिषद् बैठक आगामी चैत्र ९ गते तथा संघीय क्षेत्र नम्बर २ र प्रदेश क, ख को चैत्र १० गते गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका कार्य सम्पादन समितिका सदस्यद्वय मधु अधिकारी, राजाराम बर्तौला केन्द्रिय सदस्यद्वय नवराज बिष्ट, गणेश थापाको उपस्थिति रहेको पार्टीको युवा संगठनका हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*