ओलीलाई विधानविपरीतका काम नगर्न माधव नेपालको चेतावनी

निरन्तर न्यूज
८ चैत्र २०७७, आईतवार ०७:१४

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदैमा आफू लुरुलुरु बालुवाटार नजाने स्पष्ट पारेका छन् । शनिबार भएको एक कार्यक्रममा नेता नेपालले सो कुरा बताएका हुन् ।
ओलीले यसअघिका दुईवटा बैठक कहाँ गरे अत्तोपत्तो छैन, अब तेस्रो बैठक बालुवाटार बोलाए भन्दैमा हामी लुरुलुरु जाँदैनौँ, नेता नेपालले भने ।

नेपालले ओली सबैतिर अल्पमतमा रहेको भन्दै विधानविपरीतका काम नगर्न समेत चेतावनी दिए । उनले ओलीले बनाएको संसदीय बोर्डमा पनि नजाने स्पष्ट पारिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*