शहीद स्मृति तेश्राे संस्करण फुटबलकाे उपाधी नेपाल आर्मीकाे कब्जामा
हेटौँडा । बागमती प्रदेशकाे राजधानी हेटौँडामा जारी तेस्रो संस्करणको स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता-२०७७ को उपाधी नेपाल आर्मीले जितेकाे छ ।
आज शनिबार हेटाैँडा १० मा रहेकाे फेरेष्ट्री खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली मकवानपुर-११ लाई १-० गोल अन्तरले पाखा लगाउदै आर्मीले प्रतियाेगिताकाे उपाधिमाथि कब्जा जमाएको हो।
खेलको ३९ औ मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गरेको गोलनै फाइनल खेलकाे लागि निर्णायक बन्न पुग्याे ।
मकवानपुर-११ ले पटक पटक जाली प्रतिद्वन्दीकाे पाेष्टकाे जाली चुम्न पाएकाे अवसरलाई सदसपयाेग गर्न नसक्दा आर्मीसँग हार व्यहाेर्नु पर्याे ।
नगद दशहजार रुपैँया आर्मीका टेक बहादुर बुढाथोकी आजकाे म्यान अफ दी म्याच घोषित भए ।
आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल खेल अवधिभरमै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुर-११ का अमिर श्रेष्ठले बुलेट मोटरसाइकल प्राप्त गरे । त्यसैगरी लाइफटाइम एचिवमेन्ट अवार्डबाट पुर्व खेलाडी निर्मल बल लामालाई प्रदान गरिएको छ।
आर्मीका विवश चौधरी खेलको उत्कृष्ट गोलरक्षक घोषित भए ।उनले नगद २५ हजार रुपैँया प्राप्त गरे । आर्मीका दीपक गुरुङ उत्कृष्ट डिफेन्डर ,आर्मीकै शेशेहङ आङदाम्बे उत्कृष्ट मिडफिल्डर, मकवानपुर-११ का रञ्जन बिष्ट उत्कृष्ट फरवार्ड, आर्मीका प्रशिक्षक नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सवैले जनही नगद २५/२५ हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगिताको विजेता नेपाल आर्मीले नगद १० लाख रुपैँया सहित रनिङ शिल र उपविजेता मकवानपुर-११ले नगद ५ लाख रुपैँया रनिङ शिल प्राप्त गरेको छ।
मकवानपुरका १० वटै स्थानीय सरकारको सहयोगमा भएको प्रतियोगितामा एक विदेशी टोली सहित १० टोलीको सहभागिता रहेको थियो ।
२०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो । पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।
प्रतियाेगिताकाे फाइनल खेल पश्चातकाे पुरस्कार वितरण समाराेहमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटाैँडा उपमहानगरपालिकाका मेय हरिबहादुर महत, प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा, एन्फा मकपानपुर अध्यक्ष टिकाराम लामा लगायतकाे आतिथ्यता रहेकाे थियाे ।