नारायणी यातायातकाे साधारण सभा सम्पन्न

निरन्तर न्यूज
७ चैत्र २०७७, शनिबार १३:२८

हेटौंडा। यातायात व्यवसायीहरुले अपनत्व ग्रहण गर्दै आएकाे तात्कालिन नारायणी अञ्चलकै अग्रणी संस्था नारायणी यातायात व्यवसायी संघकाे रुपान्तरित नाम पुरानाे नारायणी यातायत कम्पनीको दोस्रो र नारायणी संघ हेटौंडाको तेस्रो बार्षिक साधारण सभा  आज हेटाैँडामा सम्पन्न भएको छ।

साधारण सभा कम्पनी तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि बाँनीयाले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

साधारणसभामा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, प्रेम बहादुर पुलामि, ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, थाहानगर प्रमुख लबसेर बिष्ट, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

सभामा संघ तथा कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका संचालक सरोजकुमार खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा संघले मानव सेवा आश्रमलाई एकाउन्न हजार रुपैया सहयाेग गरेकाे थियाे ।

मानव सेवा आश्रमलाई सहयाेग हस्तानतरण गर्दै प्रमुख अतिथि बाँनीया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*