पहिले बाघलाई लघाराैँ, स्यालहरुसँग लड्दै गराैँला : डाक्टर भट्टराई

निरन्तर न्यूज
७ चैत्र २०७७, शनिबार १२:३२

काठमाडौं । जनता समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई तत्काल हटाउनु पर्ने दाबी गरेका छन् । संघीय लोकतान्त्रिक तथा गणतन्त्रका लागि केपी ओली घातक रहेको बताए ।

ओलीलाई धानमन्त्री पदबाट हटाएपछि मात्रै अरु कुराको समाधान निस्कने पनि नेता भट्टराईको भनाई छ । जसपाको संघीय परिषद अध्यक्ष भट्टराईले ओलीलाई पदबाट हटाउने विषयमा ढिलाई गर्न नहुने पनि बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातकलाई कसरी छिटो हटाउने भन्ने हो’ भट्टराईले ट्वीटरमा लेखेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौ । पछाडिका स्यालहरूसँग लड्दै गरौंला । कुनै गल्ती नगरौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*