महान्यायाधिवक्ताबाट खरेलकाे राजीनामा बडालकाे सिफारिस
काठमाडौँ । आज शुक्रबार अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका छन् ।
खरेलले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताए ।
खरेलले राजीनामा दिएसँगै नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस समेत भएका छन् । नेपाल बार एसोसियसनका उपाध्यक्षसमेत रहेका बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो ।
खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी थिइन् ।