नेपाल पत्रकार महासंघकाे निर्वाचन चैत्र २५ गते हुने
हेटौंडा । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहको निर्वाचन यही चैत्र २५ गते एकैपटक हुँदैछ ।
निर्वाचनको मिति घोषणा गरेपछि अध्यक्षसहित विभिन्न पदका दाबेदारहरु आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । उम्मेदवार तथा आकांक्षीहरुले आन्तरिक रुपमा साधारण सदस्यहरुलाई भेटेर भोग माग्न सुरु गरिसकेका छन् ।
काेही संगठनकाे निर्णष कुर्दै छन् भने कसैले आफ्नाे उम्मेदवारी घाेषणा समेत गरिसकेका छन् ।
यसै क्रममा पत्रकार महासंघ बागमती प्रदेश कमिटिका सल्लाहकार गिरिजा अधिकारीले बागमती प्रदेशकाे अध्यक्ष पदमा आफ्नाे उम्मेदवारी घाेषणा गरिसकेका छन् । यससँगै हालका महासचिव कृष्ण सारु मगरले पनि बागमती प्रदेश अध्यक्षमा आफ्नाे उम्मेदवारी रहने चर्चा चलिरहेकाे समयमा मकवानपुरे पत्रकारहरुलाई दुबै जना अध्यक्षम पदमा उम्मेदवार बनेमा कसलाई मत दिने भन्ने विषयमा द्विबिधा रहने एक पत्रकारले बताए ।
मकवनपुर जिल्लाकाे हकमा हाल सम्म आधिकारीक रुपमा प्रेस युनियन मकवानपुरले उपाध्यक्ष मणीराज गाैतमलाई अध्यक्षमा उठाउने निर्णय गरेकाे छ ।
अन्य संगठनमा अध्यक्षकाे नाम सार्वजनिक नभएता पनि पछिल्लाे चर्चामा प्रेस चाैतारी केपी पक्षबाट बालकृष्ण अधिकारी, माधव समुहबाट राजन दाहाल र शिवकुमार काशी तथा प्रेस सेन्टरबाट ध्रुव अधिकारीकाे नाम यस अघिनै बजारमा आइसकेकाे छ ।
सबै जना आफुलाई बलियाे उम्मेदवारकाे रुपमा प्रस्तुत गर्दै आइरहेका थिए ।
१२ पदाधिकारी र लेखा समिति जाेडेर ३७ सदस्यसहित कुल ४९ जनाकाे प्रतिनिधित्व रहने महासंघमा ७ प्रदेश सहित उपत्यका, एशाेसिएट्स र प्रतिष्ठान समेत गरि कुल १० वटा प्रदेश रहेका छन् ।