कम्युनिष्ट पार्टीकाे विग्रह फुटेको हाँडी जस्तै जोडिन्न : बाबुराम भट्टराई

निरन्तर न्यूज
६ चैत्र २०७७, शुक्रबार १०:१३

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीको विग्रहलाई फुटेको हाँडीसँग तुलना गरेका छन् । नेकपाभित्र पछिल्लो समय देखिएको विग्रह र झगडालाई चित्रित गर्दै शुक्रबार बिहान उनले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।

‘पुरानोको ध्वंस विना नयाँ निर्माण हुन्न-मार्क्सेली दर्शनले भन्छ!नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्नसक्छ,’ उनले भनेका छन् । नेकपाको अन्तरध्वंसलाई उनले समाजवादी शक्ति बनाउने अवसरको रुपमा रुपान्तरण गर्नुपर्ने संकेत गरेका हुन् ।

नेकपा विग्रहको समाधान पस्कँदै उनले भनेका छन्, ‘अत: फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*