अन्तर नगरपालिका बुद्धिचालमा हेटौंडा उपमहानगरपालिकाकाे जित

निरन्तर न्यूज
५ चैत्र २०७७, बिहीबार ११:०६

भक्तपुर । अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले जितेको छ ।

जगातीस्थित महेश्वरीमा आयोजना गरिएको प्रतियोगिताको अन्तिम खेलमा समान ११ अङ्क प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोस्रो र काठमाडौँ महानगरपालिका तेस्रो भएको छ । प्रतियोगिताको अन्तिम खेलमा २.५–१.५ अङ्कले पराजित गरी कूल १३ अङ्कसहित हेटौंडाले उपाधि हासिल गरेको हो ।

भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको उपाधिसंगै हेटौंडा उपहानगरपालिकाले नगद रु एक लाख ५० हजार हात परेको छ ।

प्रतियोगितामा ललितपुरका सजिन महर्जनले केशव श्रेष्ठ, बद्रिलाल नेपालीले रिजेन्द्र राजभण्डारी, सरोज महर्जनले नवीन तण्डुकार र सुमन राईले राजेन्द्र बज्राचार्यसँग बराबरी खेलेका थिए । ललितपुरले ट्रफी र नगद रु एक लाख तथा काठमाडौँले ट्रफी र नगद रु ५० हजार हात पारेको छ ।

प्रतियोगितामा व्यक्तिगत प्रदर्शनमा बोर्ड नम्बर १ मा टोखा नगरपालिकाका मिलन लामा, बोर्ड नम्बर २ मा भक्तपुरका निकेन कुसाथा, बोर्ड नम्बर ३ मा दमक नगरपालिकाका चन्द्रप्रकाश नेपाल, बोर्ड नम्बर ४ मा हेटौंडाका रुपेश जैसवाल र बोर्ड नम्बर ५ मा भक्तपुरका केशव मानन्धर उत्कृष्ट घोषित भए । उनीहरुले जनही नगद रु पाँच हजार प्राप्त गरे । प्रतियोगितामा देशभरका २२ नगरपालिकाका खेलाडी सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*