आज जसपाकाे केन्द्रिय कार्यकारिणी समितिकाे बैठक, सत्ता समिकरणबारे महत्वपूर्ण निर्णय लिने

निरन्तर न्यूज
५ चैत्र २०७७, बिहीबार १०:२७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे  आज विहीबार संघीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

पछिल्लाे राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बाेलाइएकाे एक नेताले जानकारी दिए ।

आजकाे बैठकले महत्वपूर्ण निर्णयहरु लिनसक्ने आकलन नेताहकाे रहेकाे छ ।

बिहान ११ बजेपछि बस्ने बैठकले पार्टीको संसदीय दलको नेता र उपनेता चयन गर्ने एजेन्डा पनि रहेको जसपाका एक नेताले जानकारी दिए । गत वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरणबाट जसपा बने पनि दलको नेता र उपनेता चयन हुन सकेको छैन ।

जसपाको आजको नयाँ निर्णयले नयाँ सत्ता समीकरण पनि प्रभावित हुनसक्ने बताइएको छ । अदालतको पछिल्लो फैसलासँगै जसपा निर्णायक दल बनेको छ । जसपालाई सत्ता निरन्तरताको लागि ओली नेतृत्वको नेकपा एमालेले फकाइरहेको छ । जसपालाई कांग्रेस र माओवादीले पनि सत्ता सहकार्यको प्रस्ताव राखिरहेको छ ।

जसपाका पूर्व राजपा समूह ओलीले पार्टीका मागहरु पूरा गरेको अवस्थामा सोही समूहसँग सत्ता सहकार्य गर्नु्पर्ने अडानमा रहेका छन् । त्यस्तै पूर्व समाजवादी समूहका नेताहरु भने ओली नेतृत्वको सरकार प्रतिगामी भएको निष्कर्षसहित सत्ता सहकार्य गर्न नहुने अडानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*