एमाले केपी पक्ष संसदीय दलको बैठक बालुवाटारमा

निरन्तर न्यूज
५ चैत्र २०७७, बिहीबार १०:१९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले विहीबार बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी संसदीय दलको बैठक बोलाएका हुन् ।

एमालेकै अर्को समूह भने कार्यकर्ताको राष्ट्रिय भेला बोलाएको छ । बुधबारदेखि जारी भेला आज सकिने बताइएको छ । माधव नेपाल-झलनाथ खनाल समूहले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन नसकिने प्रतिक्रिया दिएको छ ।

ओली समूहले राष्ट्रिय भेला गरिरहेको नेपाल-खनाल समूहलाई कारबाही गर्ने प्रतिक्रिया दिएको छ । बहुमतको आधारमा कारबाही गरे एमालेका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मको पद धरापमा पर्ने कानुनी अवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*