केपी ओली चक्रवर्ती बादशाह बन्न खोज्दैछन् : डाक्टर भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अंंग र साधनस्रोत माथि कब्जा जमाएको गम्भीर आरोप लगाएका छन् ।
ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले केपी शर्मा ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्, ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, परवेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है ।’
राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!