बागमतीलाई हराउँदै डुबल क्यामरुन सेमिफाइनलमा प्रवेश
हेटाैँडा । हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामंगलबार भएको क्वाटरफाइन खेलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन सेमिफाइनल प्रवेश गरेको छ ।
बागमती युवा क्लब सलार्हीले पहिलो हाफमा १ गोल गरेता पनि दोस्रो हाफमा आरसले २ गोल फर्काएपछि सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो । विदेशी क्लब आरसका लागी बासेकले र लोइसले एकएक गोल गरेका थिए । बागमतीका लागी भने विदेशी खेलाडी स्टेफन समिरले एक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच आरसका मौसा घोषित भएसँगै उनले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
फाइनल प्रवेशका लागी अरासले विभागीय टोली नेपाल आर्मीसँग विहीबार भिड्ने छ । यसैगरी प्रतियोगिता अन्तरगतको पहिलो सेमिफाइनल खेल भोली बुधबार रिगल रिसोर्ट मकवानपुर ११ र मच्छिन्द्र क्बलबिच हुनेछ । खेलको फाइनल चैत ७ गते हुनेछ भने विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।