‘शिक्षाका लागि साईकल’ यात्रीलाई हेटौंडामा स्वागत

निरन्तर न्यूज
३ चैत्र २०७७, मंगलवार १०:५६

हेटाैँडा ।  शिक्षाका लागि साईकल यात्रामा निस्कनु भएका देवेन्द्र बस्न्यातलाई स्थानीय साइकल प्रेमी लगायत सामाजिक व्यक्तित्वहरुले हेटौडामा स्वागत गरिएको छ ।

साेमबार साँझ ‘ पेडल फर एडुकेशन’ अिभयान लिएर हेटौंडा आईपुग्नु भएका बस्न्यातलाई हेटाैँडाकाे सामरीमा मकवानपुर खेलकुद बिकास समितिका अध्यक्ष सानू लामा, मकवानपुर उधोग बाणिज्य संघका सदश्य नरेन्द्र भण्डारी, मकवानपुर साईकल संघका अध्यक्ष संगीत श्रेष्ठ,  जिल्लाका सिनियर फाेटाेग्राफर नरेश राजभण्डारीलगायत साईकल यात्रीहरुले स्वागत गरेका हुन् ।

बस्न्यातले दोलखादेखि – डोटिसम्मकाे साइकल यात्रा दोलखाको राजकुलेश्वर बिधालय र डडेलधुराको पुस्तकालय पुनर्सथापनामा सहयाेग ज्टाउनकाे लागि निस्केकाे मकवानपुरका साइकलर जीवन शर्माले जानकारी दिए । बस्न्यातकाे एकल साइकल यात्रा १ हजार २ सय किलाेमिटरकाे हुनेछ ।

साइकल यात्रीकाे अभियानकाे लागि आज हेटाैँडामा कार्यक्रम गरि हालसम्म ३० हजार रुपैया संकलन गरिएकाे शर्माले जानकारी दिनुभयाे ।

बस्न्यातलाई अर्काे गन्तब्यकाे लागि एक कार्यक्रम गरि आज बिदाइ समेत गरिएकाे शर्माले जानकारी दिए । बिदाइ कार्यक्रममा सानु लामा, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट,  हेटाैँडा उपमहानगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाही, ज्ञानकृष्ण प्रजापति, अशाेक सारु मगरलगायतकाे आतिथ्यता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*