२ महिनापछि प्रधानमन्त्रीकाे प्रचण्डलाई टेलिफाेन, भेटाैँन कुरा गर्न चाहन्छु

निरन्तर न्यूज
३ चैत्र २०७७, मंगलवार ०७:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेटको प्रस्ताव राखेका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमवार बिहान दाहाललाई फोन गरेर भेटको प्रस्ताव राखेका हुन् ।

स्रोतका अनुसार ओलीले ‘मेरो कुरा मान्नैपर्छ भन्ने छैन तर, कुरा गर्न चाहान्छु’ भन्दै प्रचण्डलाई भेटका लागि समय मिलाउने प्रस्ताव गरेका छन् ।

‘दाहालनिकट स्रोतले बताएअनुसार प्रचण्डले समेत उक्त प्रस्तावलाई स्वीकार्दै भेटवार्ता गर्न तयार भएका छन् ।

गत पुस १५ गते ओलीले दाहालपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेपश्चात् उनीहरुबीच सामान्य संवाद समेत भएको छैन ।

यही फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गररेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*