आज राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक
काठमाडौँ । मङ्गलबार दिउँसो ४ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् ।
पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख, सरकारका मन्त्री र पूर्व–प्रधानमन्त्रीलाई सर्वदलीय छलफलका लागि बोलाएकी हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।