केपी-माधव पक्षबीचकाे धुम्बाराही बैठक सकियाे, माधव नेपालले के भने ?

निरन्तर न्यूज
२ चैत्र २०७७, सोमबार १४:२७

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सकिएको छ ।

पार्टी कार्यालय धुम्बाराही भएको छलफल सकारात्मक भएको बताइएको छ ।

आजको बैठकमा गत फागुन २८ गते शुक्रवार ओलीले गरेको प्रदेश इन्चार्जहरुको मनोनयन लगायतका अन्य निर्णयहरु मान्न नसकिने अडान नेपाल पक्षले राखेको छ ।

बैठकमा अध्यक्ष ओलीले आफूले वार्ताको माध्यमबाट सहमती खोज्न लागेको बताएको उपस्थित एक नेताले जानकारी दिए । त्यस्तै आजको बैठकमा एकअर्को पक्षको कुराहरु सुन्ने बुझ्ने काम भएको स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*